दफा ३२
नेपाल सरकारका कर्मचारीहरू प्राधिकरणको सेवामा स्वेच्छाले परिणत हुन सक्ने

(१) प्राधिकरणको कर्मचारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली नेपाल सरकारबाट स्वीकृति भएको मितिले तीन महिनाभित्र नेपाल सरकारको (हवाई विभाग तथा अन्तर्गत कार्यरत) सबै कर्मचारीले नेपाल सरकारको सेवामा रहने वा प्राधिकरणको सेवामा परिणत हुने हो सो सम्बन्धमा आफ्नोे इच्छा लिखित रूपमा व्यक्त गरी नेपाल सरकारलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त हुन आएको जानकारीको आधारमा नेपाल सरकारले नेपाल सरकारको सेवामा रहेका कर्मचारीहरूलाई प्राधिकरण सेवामा परिणत गर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राधिकरणको सेवामा परिणत नभएसम्मका लागि नेपाल सरकारको सेवामा रहेका कर्मचारीहरूलाई प्राधिकरणमा काजमा काम लगाउन सक्नेछ ।